• ज्योतिष परामर्श सेवा
  • ज्योतिष परामर्श सेवा
  • ज्योतिष परामर्श सेवा
विदेशमा रहनु भएका नेपाली हरुलाई सुबर्ण अबसर, यदी तपाईंका नवजात शिशुका जन्म कुण्डली (चीना), बनाएको छैन भने, हामी कहाँ नेपाली भाषामा परम्परागत चीना बनाएर पठाउने ब्यबस्था छ। चिना (कुण्डली) त जीवनको ऐना हो । हाम्रो समाजमा प्रायः जन्मकुण्डली (चिना) बनाउनमा त्यति जागरुकता अपनाइँदैन भने बनाइएका चिनाहरू पनि प्रायः गणितीय अशुद्धता रहन्छ । त्यसैले शुद्ध चिना बनाउनका लागि आजै सर्म्पर्क राख्नुहोस् । हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ।
Ramhari Shastri
email: ramhari.shastri@gmail.com
Tél: +32 (0)4 85 48 37 93
www.ramharishastri.com
Skype: ramhari.shastri


Pages

नयाँ बर्ष २०६८ को प्रारम्भका साथ नियमित रुपले लेख्दै आएको दैनिक एवं साप्ताहिक राशिफल यस व्यक्तिगत ब्लगसाईड मार्फत प्रस्तुत गर्दैछु। ब्लग खोल्नुको उद्देश्य मेरा समस्त शुभचिन्तक मित्रहरुलाई अप्रत्यक्षरुपले सहयोग गर्नु नै हो। आशा छ, यसले तपाईहरुलाई सहयोग गर्नेछ। सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि -ramhari.shastri@gmail.com

Sunday, February 12, 2012

contact us



Ramhari Shastri
email: ramhari.shastri@gmail.com
Tél: +32 (0)4 85 48 37 93
www.ramharishastri.com
Skype: ramhari.shastri
अरू पढनुहोस...

online sewa


        जन्म कुण्डली निर्माण
जन्म कुण्डली विचार गर्ने
विभिन्न साइत जुराउने
कर्मकाण्ड सेवा 
अनलाईन पुजाहरु
नामाकरण (न्वारन)
सत्यनारायण पुजा
गृह प्रवेश
रुद्री
शुल्क तिर्नुहोस्
पेइपाल 
भिजाकार्ड
मास्टर कार्ड
अमेरीकन एक्सप्रेस
अन्य
अरू पढनुहोस...

बैदिक सनातन संस्कृति


बैदिक सनातन संस्कृति


परिचय

महत्व


कर्मकाण्ड


इतिहास पुराण
अरू पढनुहोस...

हाम्रो बारेमा


                                                              हाम्रो बारेमा
text.
अरू पढनुहोस...

                                                        ज्योतिष सेवा
दैनिक राशिफलसाप्ताहिक राशिफलमासिक राशिफल२०६८ सालको बार्षिक राशिफल
अरू पढनुहोस...

Monday, May 16, 2011

साप्ताहिक राशिफल ७ मे देखि १३ मे सम्म


साप्ताहिक राशिफल (७ मे २०११ देखि १३ मे २०११  )
मेष राशि 
यो साता तपाईँको लागि लाभप्रदायक हुनेछ।मित्रजनबाट सहयोग प्राप्त हुनेछ।नयाँ स्थानको भ्रमण हुने सम्भावना छ।मनमा प्रशन्नता बढ्नेछ।परिवारका सदस्यहरुबाट प्रचूर मात्राका माया प्राप्त गर्नुहोला।सभा समारोहमा सहभागि हुने अवसर मिल्नेछ। शाररीक रुपले तपाईँमा कुने समस्या हुने नभएतापनि मानसिक रुपले तनाव सृजना हुनसक्नेछ।यो हप्ता तपाईलाई आर्थिक लाभ प्राप्त हुन सक्नेछ।

बृष राशि

तपाईँको लागि यो साता मध्यम किसिमको हुनेछ।पर्याप्त मात्रामा धन लाभ भएतापनि खर्च कम हुनेछैन।आफूले विश्वास गरेका मानिसहरबाट धोका हुनसक्छ।अध्ययन अध्यापनमा विशेष रुचि बढ्नेछ।सृजनात्मक विषयमा तपाईँको ध्यान जानेछ।कुरा काट्नेहरु प्रसस्त हुनेछन्।काम गर्ने जोश जाँगरमा बृद्धि हुनेछ।प्रेममा सकारात्मक संकेतहरु देखा पर्नेछन्।भ्रमणको अवसर प्राप्त हुनसक्छ।

मिथुन

यो हप्ता तपाईको मन अशान्त हुनसक्छ।अध्ययन तथा व्यासायमा समय वित्नेछ।मनग्य धन आर्जन हुनसक्ने सम्भावना छ।थकाईको महशुस होला।पुराना मित्रहरुलाई भेट्ने अवसर मिल्नेछ।परिवारबाट भने यषेष्ट साथ पाउनुहुनेछ तर मित्रजनबाट भने आशातित सहयोग पाउन कठिनाई हुनेछ।शरिरमा चोट पटक लाग्न सक्नेछ।नयाँ कार्यको थालनी हुने सम्भावना रहेको छ।सामाजिक सेवामा ध्यान जानेछ।

कर्कट

तपाईको यो हप्ता व्यस्तताका साथ बित्नेछ।विभिन्न समस्याहरु आउन सक्नेछन्।तर पारिवारिक सुख शान्ति प्राप्त हुनेछ। सामाजिक भलाईमा ध्यान जाला।मान सम्मान ग्रहण गर्ने सुअवसर प्राप्त हुन सक्नेछ।अनावश्यक रुपले पैसा खर्च हुनसक्छ। तपाईलाई विवादमा तान्ने प्रयाश हुनसक्छ।नशा सम्बन्धि समस्याले ग्रशित पार्न सक्छ र शत्रु बलबान् हुन सक्छन्।नयाँ मित्र भेट्ने योग छ।

शिंह

तपाईको यो हप्ता सुखद रहनेछ।धन सम्पति प्राप्त हुनसक्छ। अध्ययनमा विषेश ध्यान जाला। व्यपार व्यवसाय मध्यम रहनेछ।आफन्तजनबाट सहयोग प्रान्त होला।मेवा मिठान्न भोजन प्राप्त हुने योग छ।प्रेममा वाधा उत्पन्न हुनसक्छ।अध्ययन अध्यापनमा सोचे अनुसारको उपलब्धि प्राप्त नहुन सक्छ तर सृजनात्मक कार्यमा भने विशेष अभिरुचि बढ्नेछ।तपाईँ माथि रिस गर्ने  मानिसहरु बढ्नेछन्।

कन्या
तपाईको यो हप्ता उपलब्धिमुलक बन्नेछ।मित्रजनबाट सहयोग प्राप्त होला।अध्ययन अध्यापनमा सफलता प्राप्त होला। व्यापार व्यवसायका उल्लेख्य फाईदा हुने योग छ।सामाजिक कार्यका समावेश हुने अवसर प्राप्त होला।नयाँ कामको थालनी गर्न सक्नुहुन्छ।मनोरञ्जनात्मक काममा रुचि जाने छैन।मानसिक रुपले पिडाको अनुभव हुनसक्छ।तपाईको सामाजिक मर्यादा बढ्नेछ।

तुला

तपाईको मनमा अनावश्यक रुपले कुराहरु खेल्नेछन्।आम्दानीको मार्गमा केही कठिनाईहरु उत्पन्न हुन सक्नेछ।साथि भाइहरुवाट मनग्य रुपले सहयोग पाउन कठिनाइ हुनसक्नेछ। परिवारबाट भने भरपुर सहयोग र माया पाउनुहुनेछ।शत्रुहरुले हानि पुर्याउन सक्ने छैनन्।अरुको सेवामा ध्यान जानेछ।सामाजिक रुपले तपाईंको प्रतिष्ठा बढ्नु्का साथसाथै उचित सम्मान पाउन सक्नुहुनेछ।


बृश्चिक राशि

तपाईँको यो हप्ता राम्रो रहनेछ।नयाँ बस्तु खरिद बिक्रि हुन सक्छ।नयाँ सम्बन्धको सुरुवात हुने योग छ।अरुको सहयोगमा सफलता हात लाग्नेछ।शत्रुहरुको मनोबल कमजोर हुनेछ।उत्साहजनक रुपले समय वित्नेछ।ब्यक्तिगत काममा कठिनाई उत्पन्न भएतापनि सवैको सहयोग प्राप्त होला।अनाबश्यकरुपले धन सम्पत्ति खर्च हुनसक्छ।शारिरमा आलश्यता उत्पन्न नहोला भन्न सकिन्न।

धन राशि

यो साता मध्यम किसिमको हुनेछ।मनमा अनावश्यक कुराहरु आउन सक्छ। आय आर्जन राम्रो हुनेछ।परिवारका सदस्यहरुवाट सहयोग प्राप्त हुनेछ। नयाँ काममा संलग्न हुने अबसर प्राप्त होला।तर शत्रुहरुको भने सामना सामना  गर्नपर्ले हुनसक्छ।अध्ययन अध्यापनमा ध्यान कम जानेछ। स्वाथ्यमा स-सानो समस्या देखिन सक्छ।प्रेमका तपाईँलाई सफलता प्राप्त हुनेछ।

मकर राशि
यो साता धन आर्जन हुने योग परेको छ।नयाँ ठाउँमा जाने अवसर मिल्न सक्नेछ। तर पारिवारिक समस्याले सताउन सक्छ।टाउको तथा आँखाको समस्या हुन सक्छ।शत्रुहरुको सामना गर्नपर्ने हुनसक्छ।बोलचालमा विचार पुर्याउनुहोला।नोकरीमा समस्या आउन सक्छ।सानो कामको लागि समेत धेरै मेहनत गर्नुपर्ने हुनसक्छ।तपाईंका प्रशंसकहरु बढ्नेछन्।


कुम्भ राशि  
तपाईको मन अशान्त हुनसक्छ।अध्ययन तथा व्यासायमा त्यति समय दिन सक्नुहुनेछैन। थकाईको महशुस हुनसक्छ।पुराना मित्रहरुलाई भेट्ने अवसर मिल्नेछ।परिवारबाट भने यषेष्ट साथ पाउनुहुनेछ। प्रेममा सफलता प्राप्ति होला।नयाँ कामको सुरुवात गर्ने अवसर प्राप्त होला।आफ्नै सहयोगीहरुको आलोचना खप्नपर्ने हुनसक्छ।सामाजिक कार्यका योगदान गर्ने अवसर प्राप्त होला।


मीन राशि

यो हप्ता सामान्य रहनेछ। धन आर्जन हुने योग छ।नयाँ स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला। पारिवारिक समस्याले सताउन सक्छ।मानसिक पिडाको शिकार बन्नुहोला। सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ।ब्यापार तथा नोकरी मध्यम किसिमको रहनेछ।असल मानिसहरुलाई भेट्ने अवसर प्राप्त होला।प्रेम सम्बन्धमा कुनै प्रगति हुनेछैन।मानसिक शान्ति प्राप्त होला।
                                                                                                                         -रामहरी शास्त्री
अरू पढनुहोस...

दैनिक राशिफल बैशाख ३ गते २०६८

मेष राशि 

तपाईलाई मित्रजनबाट सहयोग प्राप्त हुनेछ।नयाँ स्थानको भ्रमण हुने सम्भावना छ। सभा समारोहमा सहभागि हुने अवसर बढ्नेछ।शुभचिन्तकहरु पनि बढ्नेछन्।अनावश्यक रुपले पैसा खर्च हुनसक्छ।

बृष राशि

तपाईको मन अशान्त हुनसक्छ।अध्ययन तथा व्यासायमा त्यति समय दिन सक्नुहुनेछैन। थकाईको महशुस होला।पुराना मित्रहरुलाई भेट्ने अवसर मिल्नेछ।परिवारबाट भने यषेष्ट साथ पाउनुहुनेछ।

मिथुन राशि

तपाईको दिन व्यस्तताका साथ बित्नेछ। पारिवारिक सुखशान्ति प्राप्त हुनेछ। सामाजिक भलाईमा ध्यान जाला। नजिकमा मानिससँग सतर्क रहनुहोला। शत्रु बलबान् हुन सक्छन्।नयाँ मित्र भेट्ने योग छ।

कर्कट राशि

तपाईको दिनको व्यस्तताका साथ बित्नेछ। पारिवारिक सुखशान्ति प्राप्त हुनेछ। सामाजिक भलाईमा ध्यान जाला। नजिकमा मानिससँग सतर्क रहनुहोला। शत्रु बलबान् हुन सक्छन्।नयाँ मित्र भेट्ने योग छ।

शिंह राशि

तपाईँको दिन आनन्दका साथ बित्नेछ।धन सम्पति प्राप्त हुनसक्छ। अध्ययनमा विषेश ध्यान जाला। व्यपार व्यवसाय मध्यम रहनेछ। आफन्तजनबाट सहयोग प्रान्त होला। तर मिठान्न भोजन प्राप्त हुने योग छ।

कन्या राशि

तपाईको दिनको व्यस्तताका साथ बित्नेछ। पारिवारिक सुखशान्ति प्राप्त हुनेछ। सामाजिक भलाईमा ध्यान जाला। नजिकमा मानिससँग सतर्क रहनुहोला। शत्रु बलबान् हुन सक्छन्।नयाँ मित्र भेट्ने योग छ।

तुला राशि

तपाईको दिनको व्यस्तताका साथ बित्नेछ। पारिवारिक सुखशान्ति प्राप्त हुनेछ। सामाजिक भलाईमा ध्यान जाला। नजिकमा मानिससँग सतर्क रहनुहोला। शत्रु बलबान् हुन सक्छन्।नयाँ मित्र भेट्ने योग छ।

बृश्चिक राशि

तपाईँको लागि आजको दिन उत्तम रहनेछ।पुराना साथिसँग भेटघाट हुने सम्भावना छ। नयाँ काम शुरुवात गर्ने योग परेको छ।अध्ययन कार्यमा विशेष रुचि रहला। समाज सेवाको भावना उत्पन्न हुनेछ।

धन राशि

तपाईँको आज चिन्ताका साथ बित्नेछ।अनावश्यक सोचाईमा समय व्यतित होला। मित्रजनबाट पनि सहयोग प्राप्त नहुन सक्छ।शत्रुहरुको सामना गर्नपर्ला।अध्ययन अध्यापनमा ध्यान नजान सक्छ। स्वाथ्यमा समस्या देखिन सक्छ।

मकर राशि
धन आर्जन हुने योग परेको छ। पारिवारिक समस्याले सताउन सक्छ।टाउको तथा आँखाको समस्या हुन सक्छ।आर्थिक समस्याले ग्रशित पार्ला।शत्रुहरुको सामना गर्नपर्ने हुनसक्छ।बोलचालमा विचार पुर्याउनुहोला।


कुम्भ राशि

तपाईको मन अशान्त हुनसक्छ।अध्ययन तथा व्यासायमा त्यति समय दिन सक्नुहुनेछैन। थकाईको महशुस होला।पुराना मित्रहरुलाई भेट्ने अवसर मिल्नेछ।परिवारबाट भने यषेष्ट साथ पाउनुहुनेछ। प्रेममा सफलता प्राप्ति होला।


मीन राशि

धन आर्जन हुने योग छ।नयाँ स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला। पारिवारिक समस्याले सताउन सक्छ।मानसिक पिडाको शिकार बन्नुहोला। सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ।
अरू पढनुहोस...

दैनिक राशिफल बैशाख २ गते २०६८



मेष राशि 

तपाईँको लागि आजको दिन उत्तम रहनेछ।पुराना साथिसँग भेटघाट हुने सम्भावना छ। नयाँ काम शुरुवात गर्ने योग परेको छ।अध्ययन कार्यमा विशेष रुचि रहला। समाज सेवाको भावना उत्पन्न हुनेछ।

बृष राशि
 धन आर्जन हुने योग परेको छ। पारिवारिक समस्याले सताउन सक्छ।टाउको तथा आँखाको समस्या हुन सक्छ।आर्थिक समस्याले ग्रशित पार्ला।शत्रुहरुको सामना गर्नपर्ने हुनसक्छ।

मिथुन राशि
 तपाईका आजका कामहरु अपूरा रहन सक्छन्।अनावश्यक झमेलामा पर्न सक्नुहुन्छ।तर साथिभाइहरुवाट भने प्रशस्त सहयोग प्राप्त गर्नुहुनेछ।पैसा खर्च हुन सक्छ। पत्नि तथा सन्ततिबाट सहयोग पाउनुहुनेछ।
  
कर्कट राशि
 तपाईँको आजको दिन सुभ रहनेछ।नयाँ कामको शुरुवात हुनेछ।भोज तथा सभा समारोहमा भाग लिने अवसर प्राप्त होला।प्रेमि प्रेमिकाका लागि आजको दिन उत्तम रहनेछ।तपाईलाई मान सम्मान प्राप्त होला।

शिंह राशि
 तपाईँको आज तनावपूर्ण रहनेछ।मनमा अनेक किसिमका कुराहरु खेलिरहनेछन्। अनावश्यक किसिमका समस्याहरु आउन सक्छ। व्यपार व्यवसायमा कठिनाई उत्पन्न हुनसक्छ। तर मिठान्न भोजन प्राप्त हुने योग छ।

कन्या राशि
 तपाईको आजको दिन प्रसन्नता तथा हर्षका साथ बित्तेछ। नयाँ शुभ समाचार सुन्न पाउनुहोला। परिवारबाट पनि त्यति धेरै सन्तोष प्राप्त नहोला।आजको दिनमा कम खर्च हुने तथा बचत धेरै हुन सक्नेछ।

तुला राशि
 तपाईको दिनको व्यस्तताका साथ बित्नेछ। पारिवारिक सुखशान्ति प्राप्त हुनेछ। सामाजिक भलाईमा ध्यान जाला। नजिकमा मानिससँग सतर्क रहनुहोला। शत्रु बलबान् हुन सक्छन्।नयाँ मित्र भेट्ने योग छ।

बृश्चिक राशि
 तपाईको आजको दिन मध्यम रहनेछ। नयाँ स्थानको भ्रमण गर्ने अवसर प्राप्त हुनसक्छ। आफन्तजन सँग भेटघाट हुन सक्नेछ।मित्रजनको सहयोग प्रान्त होला। तर अनावश्यक रुपले पैसा खर्च हुन सक्छ। खानपिनमा सजग रहनुहोला।

धन राशि
 तपाईँको आज चिन्ताका साथ बित्नेछ।अनावश्यक सोचाईमा समय व्यतित होला। मित्रजनबाट पनि सहयोग प्राप्त नहुन सक्छ।शत्रुहरुको सामना गर्नपर्ला।अध्ययन अध्यापनमा ध्यान नजान सक्छ। खानपिनमा ध्यान दिनुहोला।

मकर राशि
सृजनशिल कार्यमा तपाईको ध्यान जानेछ।अध्ययनमा विशेष अभिरुचि रहला। मित्रजनबाट अपहेलना आउन सक्छ।शत्रुदेखि विशेष सावधान रहनुहोला।नयाँ सामान किनमेल गर्ने वा नयाँ कार्यको प्रारम्भ गर्ने दिन रहनेछ।

कुम्भ राशि
 प्रसस्त धन प्राप्त हुनेछ।नयाँ स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला। पारिवारिक समस्याले सताउन सक्छ।मानसिक पिडाको शिकार बन्नुहोला। सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ।स्वाथ्यमा समस्या आउन सक्छ।

मीन राशि
 तपाईको मन अशान्त हुनसक्छ।अध्ययन तथा व्यासायमा त्यति समय दिन सक्नुहुनेछैन। थकाईको महशुस होला।पुराना मित्रहरुलाई भेट्ने अवसर मिल्नेछ।परिवारबाट भने यषेष्ट साथ पाउनुहुनेछ। 
                                                                  -रामहरी शास्त्री
अरू पढनुहोस...

नामबाट राशि पत्ता लगाउने तरिका


राशी पत्ता लगाउने तरिका

तपाईँको न्वारनको नामको पहिलो अक्षर अनुसार राशि पत्ता लगाउनु होस्।
चु चे चो ला लि लु ले लो अ = मेष
इ उ ए ओ वा वि वु वे वो =वृष
का कि कु घ ङ छ के को हा = मिथुन
हि हु हे हो डा डि डु डे डा =कर्कट
मा मि मु मे मो टा टि टु टे= शिंह
टो प पि पु ष ण ठ पे पो= कन्या
र री रु रे रो ता ती तू ते= तुला
तो ना नि नु ने नो या यि यु =बृश्चिक
ये यो भा भी भू ध फा ढा भे= धनु
भो जा जी खी खू खे खो गा गी= मकर
गू गे गो सा सी सु से सो द= कुम्भ
दी दू थ झ ञ दे दो चा ची= मीन
अरू पढनुहोस...

बार्षिक राशिफल:२०६८


मेष
यो राशीलाई यो बर्ष ग्रह गोचरले साथ दिनेछ । बर्षको आरम्भ राम्रो नरहे पनि बैशाख २२ पछि गुरु अनुकूल हुने भएकोले बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तान प्राप्तीको सम्भावना छ । बैदेशिक कार्यहरु सकारात्मक रहनेछन् । स्वास्थ्यमा संकंट आउने संभावना भएकोले खानपानमा बर्ष भरिनै वीचार पु¥याउनुपर्ला । आर्थिक कारोबार मा अघि नबढ्नु उचित हुनेछ । नोकरिमा स्थानान्तरणको योग भएपनि राम्रो पक्षमा हुनेछ । राजनीतिमा सफलता पाउन कसरत गर्नु परेपनि अन्ततः आफ्नोे लक्ष पुरा हुनेछ । प्रेम गर्नेहरु दाम्पत्य जीवनमा प्रवेश गर्नेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ । सामाजिक कार्यमा पदक पाउने योग छ । भाग्यले साथ दिनेछ । नवीन कार्यहरु पनि आरम्भ हुनेछन् । अरुको विश्वास आफुतिर बढ्नेछ । उद्योगि हरुको लागि बर्ष राम्रोछ । लेखन कार्यमा लाग्ने हरुले राम्रै उन्नति गर्नेछन् । आयात निर्यात गर्नेहरुको लागि तथा कुटनैतिक व्यक्तित्वहरुको लागि भने समय पौष पश्चात मात्र राम्रो रहनेछ । आषाढभाद्रआश्विनमाघ तथा फाल्गुन महीनामा धेरै कामहरु बन्नेछन् । नयाँ कामको लागि यी महीनाहरु शुभ रहनेछन् । घर जग्गा र सवारीसाधन जोड्ने योग छ । मित्रहरुको भरोषा कमै गर्नु होलाकाम गर्दा आफैले प्रयास गर्नु उचित होलागोपनीयतामा जोड दिनुहोलामंसिर महीना र चैत्र महीनामा महत्वपूर्ण काम नगर्नु होला अन्य महीना मध्यम रहनेछन् ।।


बृष

यो बर्षको ग्रहगोचर मध्यम रहनेछ । बर्ष आरम्भ काल राम्रो भएकोले धेरै कुरामा सफलता पाउने योग भएपनि उतारचढाव को कमि हुनेछैन । बैशाख २२ गतेबाट गुरु प्रतिकूल हुने भएकोले खर्च निकै बढ्नेछ । अनावश्यक झन्झट पनि आउन सक्छ । ज्येष्ठ १० गतेबाट राहु बृश्चिक राशीमा सर्ने भएकोले आफ्नो श्वास्थ्यमा सुधार आएपनि पति वा पत्नीलाई भने रोग बढ्नेछ । घर जग्गा जोढ्ने र व्यवसाय बाट लाभ पाउने तथा धार्मिक कार्यमा सफलता पाउनेतिर्थ यात्रा र विदेश यात्राको योग छ । विवाद बढ्ने योग भएपनि अन्त्यम जित तपाइँकै हुनेछ । मित्रताको संवन्ध लाइ आर्थिक पक्षले कमजोर बनाउनेछ । पिता पुत्र वीच संवन्ध कमजोर बन्ने छ । राजनीतिमा सफलता पाउन ठूलै प्रयास गर्नु पर्नेछ । शत्रुले राजनैतिक छवि बिगार्ने प्रयास निकै गर्नेछन् । काममा तगारो लगाउनेहरु धेरै भएकोले सजगता बर्ष भरिनै अपनाउनु पर्ला । प्रेम वियोग हुने बलियो सम्भावना छ । पति पत्नी वीच विवाद चर्कनेछ । संयम नभए विछोड पनि हुन सक्छ । भाग्य कमजोर भएकोले कर्ममा जोड दिनु उचित हुनेछ । श्रावणकार्तिकफाल्गुन र चैत्र महीना राम्रो भएकोले महत्वपूर्ण कामहरु सबै यसैवेला गर्नु भएमा सफलता धेरै मिल्नेछ । बैशाखआषाढभाद्र तथा पौषमा जरुरि बाहेक अन्य कार्य नगर्नु उचित हुनेछ । शत्रु पराजय हुनेर धन आर्जन हुने योग भएपनि प्रसस्त झन्झट को सामना गर्नु पर्नेछ ।।

मिथुन
बर्ष आरम्भको ग्रह गोचर राम्रो नभए पनि उत्तराद्र्धमा ग्रहले साथ दिनेछ । अढैया शनिको प्रभाव यसैबर्ष कार्तिक २८ गते सकिदैछ । गुरुको अनुकूल प्रभाव बैशाख २२ गते देखिनै शुरु हुनेछ । आम्दानि का मार्ग हरु प्रसस्तै फेला पर्नेछन् । मानसम्मान पनि पाउने योग छ । पढाइ लेखाइमा सोचेभन्दा बढि लाभ मिल्नेछ । पुत्र प्राप्तीको योग पनि यो बर्ष परेको छ । छात्रवृत्ति पनि पाउने सम्भावना छ । नोकरीमा लाभ पाउने र चाहेको स्थानमा सरुवा साथै बढुवा पनि हुने योग छ । राजनीतिमा गुमेको स्थान फर्काउन प्रयास गरे सम्भब हुनेछ । व्यापार व्यवसाय बाट राम्रो उन्नति हुनेछ । यात्रा रमाइलो हुनेछ । प्रेममा सफलता सहजै मिल्नेछ । वैवाहिक बन्धनमा पनि बाँधिने योग छ । टाढिएका मित्र तथा परिबार छन् भने मार्ग महिना पछि अवस्य पुनर्मिलन हुनेछ । साहित्य कला र गीत संगीतमा लागेकाहरुले पदक पाउने छन् । सामाजिक कार्यमा रुचि बढ्नुको साथै सफलता सोचे जस्तै मिल्नेछ । आयात निर्यात गर्ने र अन्य बैदेशिक कार्य गर्नेले राम्रो सफलता हसिल गर्नेछन् । घर जग्गा जोड्ने र सवारीसाधन जोड्ने प्रयासमा हुनुहुन्छ भने यो बर्ष सहज हुनेछ । बैशाखभाद्रमार्ग र चैत्र महीना बर्षका शुभ हुन् । महत्वपूर्ण कार्यहरु यिनै महीनामा गरेको खण्डमा सफलता धेरै मिल्नेछ । ज्येष्ठआश्विन तथा माघ महीना अशुभ रहेकोले अत्यन्त जरुरि बाहोकका कार्यहरुमा अघि नबढ्नु उचित हुनेछ । शत्रु पराजय हुनेछन् मित्रहरुको सहयोग राम्रो मिल्नेछ ।।


कर्कट

यस बर्षका ग्रह गोचर हरु कार्तिक महीना सम्म राम्रो रहनेछ । बर्षको आरम्भमा गुरुशनि र राहु समेत अनुकूल रहने हुँदा प्रतिस्पर्धामा बर्ष भरिनै सफलता पाउनुहोला । शरीरमा स्फुर्ति बढ्नेछ । एैतिहासिक कार्यहरु धेरै गर्न सकिनेछ । आम्दानिका श्रोत हरु चौतर्फि जुट्नेछन् । घरेलु कार्यमा रुचि बढ्नेछ । विमुख भएका मित्र हरुबाट क्षमायाचना सहित पुनर्मिलनको योग छ । शत्रु पाराजित हुनेछन् । मन प्रसन्न रहनेछ । तपाईको प्रस्तुति बर्ष भरनै राम्रो रहनेछ । अरुलाई विश्वास दिलाउने कुरामा सफल हुनुहुनेछ । पाढाइमा पनि राम्रै सफलता मिल्नेछ । राजनीतिमा गरेका प्रयास हरु बर्ष भरनै सकारात्मक रहनेछन् । ठोस पदार्थ हरुमा लगानी गर्नु उचित हुनेछ । जग्गा जमीन जोड्ने योग पनि छ । आयात निर्यातमा राम्रै सफलता मिल्नेछ । यात्रामा लाभ पाउने योग छ । बैदेशिक कार्य फलदायी रहनेछ । सन्तानहरु बाट राम्रो काम हुने भएको खुसि प्रकट हुनेछ । बौद्दिक कार्यहरुमा अग्रस्थान प्राप्त हुनेछ । प्रेमको यात्राले वैवाहिक मार्गलाइ अंगाल्नेछ । बैशाखज्येष्ठआश्विन तथा पौष महीनामा गरेका कार्यले उच्च स्थान र सम्मान दिएपनि आषाढकार्तिका र फाल्गुन महीनामा गरेका कामले अपजस दिने भएकोले काम गर्दा समयको बिचार गर्नु उचित हुनेछ । मार्ग महीना बाट अढैया शनि आरम्भ हुने भएकोले महत्वपूर्ण काम हरु आश्विन भित्रै गर्दा धेरै सफलता पाउन सकिन्छ ।।


शिंह
ग्रह गोचर राम्रा छन् । आराम्भ काल प्रतिकूल रहे पनि बैशाख २२ गते पछि ग्रहले पूर्ण रुपमा साथ दिनेछ । नसोचेका काममा समेत सफलता पाउनुहोला । शनि साँढेसातको अन्त्य पनि यसैबर्ष मार्ग महीना देखि हुनेभएकोले सबै समस्याहरुबाट मुक्ति मिल्नेछ । भाग्य भावमा गुरुको प्रबेश हुने भएकोले आँटे सोचेका सबै कार्यमा एैतिहासीक सफलता पाउनुहोला । मन प्रसन्न रहनेछ । धन प्रसस्त कमाउने अवसर मिल्नेछ । व्यपारमा सफलता सोचे भन्दा बढि पाउनुहोला । पढाइमा छात्रवृत्ति पाउने योग छ । सोच्ने शक्ति तिव्र हुनेछ । धेरैले प्रसंशा गर्नेछन् । राष्ट्रिय अन्तराष्ट्रिमा बौद्धिक कार्य सञ्चालन गर्ने अवसर मिल्नेछ । राजनीतिमा गुमेको स्थान पाउने योग छ । राज्यले महत्वपूर्ण स्थानको जिम्मा दिनेछ । शत्रु पराजय हुनेछन् । मित्रहरुबाट राम्रो सहयोग पाउनुहोल । भएकाले सन्तानबाट सहयोग र नहुनेले नव सन्तान प्राप्त गर्ने योग छ । प्रेममा सफलता मिल्नुको साथै वैवाहिक बन्धनमा समेत बाँधिने योग छ । जोस र जाँगर बढ्नेछ । तपाइँको लगनशीलता र इमान्दारीताको चर्चा धेरैले गर्नेछन् । धार्मिक कार्यहरुमा संलग्न भइ प्रसंशा पाउनुहुनेछ । तिर्थयात्राको पनि संभावना छ । लेख रचनामा लागेकाले पुरस्कार पाउनेछन् । ज्येष्ठआषाढकार्तिक तथा माघ महीनामा गरेका कार्यहरु बढि फलदायी हुने भएकोले महत्वपूर्ण कार्य हरुलाई यसै बेला जोड दिनुहोला । समय राम्रो भएपनि श्रावण तथा चैत्रमा काम गर्दा निकै बिचार पु¥याउनु पर्नेछ ।।

कन्या

यो बर्षको ग्रह गोचर राम्रो छैनसबैतिरबाट तिरस्कृत हुनुपर्नेछ । शनि साँढेसातको प्रभाव बढेको छ । बर्ष भरिनै विवाद को सामना गर्नु पर्नेछ । धनमाल हराउन सक्ने छ । सानो कार्यलाई पनि सफल बनाउन गा¥हो पर्नेछ । कुरा काट्नेहरु सक्रिय हुनेछन् । झुठा आरोपमा फसाउने प्रयास शत्रुले गर्नेछन् । स्वास्थ्य निकै कमजोर रहनेछ । लेनदेनमा विवादको सामना गर्नुपर्ला । विश्वास गरेकाले धोका दिनेछन् । परिवारजन हरुको असहयोगले अप्ठ्यारोमा पार्नेछ । मित्र बनेर धोका दिनेहरु प्रसस्तै हुनेछन् । अनावश्यक खर्चले चिन्तित बनाउनेछ । प्रेममा ग्रहण लाग्नेछ । पति पत्नी वीचमा विवाद सिर्जना हुनेछ । यात्रामा संकट आउनेछ । पढाइमा पनि खासै प्रगतिको लक्षण देखिन्न । मुद्दामामला को पनि प्रवल सम्भावना रहकोछ । अरुले गरेको गलत कार्यको दोष तपाइँमाथि आउन सक्छ । धातु रोग ले सताउन सक्ने भएकोले खान पानमा बिचार गर्नु जरुरि छ । सन्तानहरुको समस्यले चिन्ता बढाउनेछ । निद्रा पनि राम्रो पर्नेछैन । अरुको काममै समय खर्च गर्नु पर्दा आफ्ना कामहरु अधुरै रहनेछन् । नोकारीमा समस्या प्रसस्त आउनेछन् । राजनीतिमा आफुले गरेको लगानीले अरुलाइ फाइदा हुन सक्ने भएकोले सोच्नु पर्नेछ । व्यापारमा पटक्कै लाभ मिल्नेछैन । आषाढश्रबणमार्ग तथा फाल्गुन महीनामा प्रयास गर्दा केहि सफलता प्राप्त भएपनि बैशाखभाद्र तथा पौष महीनामा निकै समस्याहरु आउनेछन् । काम गर्दा बर्ष भरिनै बिचार गर्नु जरुरि छ । घर जग्गा जोड्ने लक्ष्य भए त्यो अनुकूल रहनेछ ।।
तुला

बर्षको ग्रह गोचर आशाप्रद छन् । प्रयास गर्दा धेरै कुरामा सफलता पाउने योग छ । राहु प्रतिकूल भएकोले बोल्दा बिचार पु¥याउनु पर्ला । गुरुको अनुकूलताले व्यापारमा र यात्रामा सकारात्मक प्रभाव रहनेछ । शत्रु पराजय हुनेछन् । मित्रहरुको सहयोगमा मार्ग महीनादेखि मात्र सुधार आउनेछ । पराक्रम बढ्ने र रोकिएका कामहरु बन्ने छन् । अरुलाई विश्वासमा लिन सकिनेछ । आम्दानिका श्रोत फराकिला हुनेछन् । बौद्दिक कार्यमा क्रमसः सुधार आउनेछ । पढाइमा प्रयास गर्दा राम्रै सफलता हाँसिल गर्न सकिनेछ । देश विदेशको यात्रा हुनेछ । भइरहेको प्रेम गाढा हुने र नयाँ प्रेमको बन्धन बाँधिने योग छ । पति पत्नी वीचको सम्बन्ध राम्रो हुनेछ । तपाइँको लगनशीलता र इमान्दारिताको प्रसंसा ठुला व्यक्तिहरुले गर्नेछन् । छोरी चेलीको सफलता सहयोग राम्रो रहनेछ । नोकरीमा प्रतिस्पर्धा गर्नु परे पनि सफलता सोचे जस्तै मिल्नेछ । राजनीतिमा उतारचढाव आएपनि आफ्नो लक्ष पुर्ण हुनेछ । केहि मित्रहरु टेढिए पनि धेरै मित्रहरु सहयोगी हुनेछन् । श्रावणभाद्रपौष तथा चैत्र महीनामा गरेका कार्य हरु फलदायी रहने भएकोले महत्वपूर्ण कार्यहरु यतिबेलानै गर्नु उचित हुनेछ । ज्येष्ठआश्विन र माघमा कार्य गर्दा बिचार गर्नु पर्नेछ । जोर्नि दुखाइ बर्ष भर हुने भएकोले चिसो देखि टाढा रहनु उचित हुनेछ । खर्च बढ्ने क्रम पौष महीनाबाट मात्र घट्नेछ ।

बृश्चिक

यस बर्षको ग्रह गोचर मध्यम रहनेछ । आरम्भ को समय अनुकूल रहनेछ । आम्दानि प्रसस्तै हुनेछ तथा मान सम्मान पनि मिल्नेछ । बोलीको प्रभाव बर्ष भर राम्रो रहनेछ । नोकरीमा सामान्य समस्या आएपनि निरन्तरको प्रयासले आफ्नो लक्ष पुरा गर्न सकिनेछ । पराक्रम आश्विन सम्म बढ्नेछ । धेरै कामहरु बन्नेछन् ।  व्यापारमा प्रयास गर्दा सफलता पाउन सकिनेछ । यात्रामा सानातिना उल्झन आएपनि गन्तव्य सम्म पुग्न सकिनेछ । पढाइमा सफलता पाउन अलि कसरत गर्नुपर्नेछ । भाग्य बलियो छ । धर्ममा रुचि बढ्नेछ । राजनीतिमा उतार चढाप आएपनि आफ्नो स्थान सुरक्षित रहनेछ । मार्ग महीनाबाट शनि साँढेसातले प्रवेश गर्ने तथा गुरु षष्ठम भाबमा जाने भएकोले समय प्रतिकूल हुने र स्वास्थ्य निकै कमजोर हुनेछ । शत्रुले खैरो खन्नेछन् । मन चञ्चल हुनेछ । पढाइमा ह्रास आउनेछ । बुद्धि ले समयमा काम नगरेर आफैले गरेका काममा समेत समस्या आउनेछ । राम्रै बोल्दा पनि अर्थ नराम्रो लाग्नेछ । मुद्दा मामलाको अनावस्यक सामना गर्नु पर्नेछ । मित्र हरुले धोका दिनेछन् । परिवारजनहरुको गुनासो बढ्नेछ । बसाइँ सराइको समेत सम्भावना रहनेछ । वायु विकारले तनाव सिर्जना हुनेछ । प्रेममा खटपट पति पत्नी वीचविवाद सिर्जना हुनेछ । महत्वपूर्ण कार्य बैशाखभाद्रआश्विन तथा माघ महीनमा जोड दिनुहोला । कार्तिकआषाढ र फाल्गुन महीनमा अत्यन्त आवश्यक र पुराना कार्य हरुलाई मात्र निरन्तरता दिनुहोला । हडबढ गर्ने बानिले गढबड हुन सक्ने भएकोले काम गर्दा धैर्यता अपनाउनु जरुरि छ ।। 

धन
ग्रह गोचरले बर्ष भरिनै साथ दिनेछ । गरेका कार्यहरु बाट सन्तुष्टि पनि मिल्नेछ । अरुबाट प्रशंसा पनि पाउनुहोला । व्यापार व्यबसाय बाट सफलता पाउनुहोला । पराक्रम प्रशस्त मात्रामा बढ्नेछ । महत्वपूर्ण काम हरु धेरै बन्नेछन् । अरुको विश्वास जित्न सकिनेछ । पदक प्राप्तीको योग पनि छ । नोकरीमा पदोन्नति पनि हुनेछ । एैतिहाँसिक कार्यहरु गर्ने अवसर मिल्नेछ । आम्दानिका श्रोत हरु प्रसस्त जुट्नेछन् । पढाइमा राम्रो उन्नति हुनेछ । बोलेका कुरा पुरा हुनेछन् । राजनीतिमा गुमेको स्थान फर्काउन सकिनेछ । भएका सन्तान बाट सहयोग र सन्तान नहुनेले प्राप्त गर्ने योग पनि परेको छ । घर जग्गा जोड्ने तरखरमा हुनुहुन्छ भने सजिलै प्राप्त हुनेछ । सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । लेखन मार्ग सफलता पूर्वक अगाडि बढ्नेछ । भाग्य बलियो छ । धर्ममा रुचि बढ्नेछ । ज्ञानको खोजीमा लाग्नेले सजिलै प्राप्त गर्नेछन् । प्रेम गर्नेहरुले आफुलाइ वैवाहिक मार्गमा अगाडि बढाउनेछन् । नयाँ प्रेमको आरम्भ पनि हुनेछ । महिला वर्गको सहयोग धेरै मिल्नेछ । परिवारजन हरु बाट र मित्रहरुबाट सोचे भन्दा बढिनै सहयोग मिल्नेछ । बौद्दिक कार्यमा संलग्न व्यक्तित्वहरुले राम्रो उन्नति गर्नेछन् । ज्येष्ठआश्विनकार्तिक तथा फाल्गुन महीनामा गरेका कार्यहरु बढि फलदायी हुने भएकोले महत्वपूर्ण कार्यहरु त्यस बेलानै गर्नु उचित हुनेछ । शत्रु पराजय हुनेछन् । सामाजिक कार्यले अघि बढ्न प्रेरित गर्नेछ । श्रावणमार्ग र चैत्र महीनामा समस्याहरु आउने भएकोले काम गर्दा बिचार गर्नु पर्नेछ । राहु प्रतिकूल भएकोले खर्च र विवाद बढ्न सक्छ त्यसैले सजग हुनुपर्ला ।।

मकर

बर्षको राशीफल मध्यम रहनेछ । बर्षको आरम्भ कालमा केही राम्रो भएपनि ज्येष्ठ महीना देखि गुरु प्रतिकूल हुने भएकोले चिन्ता बढ्नेछ । व्यापारमा प्रसस्त उतारचढाव आउनेछ । यात्रा गर्ने अवसर मिलेपनि यात्रा खर्चिलो हुनेछ । शत्रु बढ्नेछन् र झुठा आरोप पनि लाग्न सक्छ । मुद्दा मामला को सामना गर्नु पर्ला आर्थिक कठिनाइ र लेनदेनमा विवाद को सामना गर्नु पर्ला स्वास्थ्य कमजोर रहनेछ । लेनदेनमा विवाद बढ्नेछ । राहुको अनुकूलताले आम्दानि बढ्ने योग भएपनि पारिवारीक समस्यामा धन खति हुनेछ । आफन्तपरिवार र मित्र हरुले सताउने छन् । अरुको काममा समय वित्नेछ । जस पाउने सम्भावना कमै रहनेछ । अरुले गरेको गलत कार्यको दोष आफु माथि आउनेछ । विश्वास गरेकाले धोका दिनेछन् । प्रेममा समस्या आउनेछ । पति पत्नी वीचको सम्वन्ध मा बादल लाग्नेछ । नोकरीमा स्थान परिवर्तन हुने योग छ । बसाइँसराइको पनि संभावना छ । चोटपटक लाग्न सक्ने भएकोले सवारी चढ्दा चलाउदा बिचार पु¥याउनु पर्ला । मार्ग महीनादेखि शनि दशम भाबमा उच्च भै प्रवेश गर्ने भएकोले राजनीतिमा आफनु प्रभाव बढाउन सकिनेछ । नामले अघि बढेपनि कामको सफलता को लागि अरुलाई अगाडि सार्नु पर्नेछ।शनि र गुरुको परस्पर दृष्टिले बौद्दिक स्थान बलियो हुनेछ । गोपनीयता बर्ष भरिनै अपनाउनुहोला । आषाढमार्ग तथा चैत्र महीनामा प्रयास गर्दा धेरैकाम बन्नेछन् । महत्वपूर्ण कामहरु यसै समयमा गर्नु पर्नेछ । बैशाखभाद्र तथा पौष मा निकै अप्ठ्यारो परिस्थिति को सामना गर्नु पर्ने भएकोले अति आवस्यक र दैनिक कार्य मात्र गर्नु उचित हुनेछ । सजगता बर्ष भरिनै अपनाउनु पर्नेछ ।।

कुम्भ

बर्षको ग्रहगोचर समग्रमा राम्रो रहनेछ । गुरुको अनुकूल प्रभाव बर्ष भरिनै रहने भएकोले धैर्यता अपनाउदा सफलता सोचे जस्तै मिल्नेछ । शनिको अढैया दोष कार्तिक भर रहने भएकोले चिन्ता आलस्यता र लेनदेनमा विवादझुटा आरोप लाग्न सक्ने भएकोले काम गर्दा बिचार पु¥याउनु जरुरि छ । आम्दानि राम्रै गर्न सकिनेछ । व्यापार व्यवसायमा गरेका प्रयास हरु फलदायी रहनेछन् । प्रेम गर्नेहरुले आफुलाई वैवाहिक मार्ग तिर अग्रसर गराउनेछन् । नयाँ प्रेमको प्रस्ताव अरुबाट आउनेछ । पति पत्नीको सम्वन्ध राम्रो बन्नेछ । भाग्यले पनि साथ दिनेछ । कर्म बलियोछनोकरि तथा राजनीतिमा आफ्नो दक्षता दर्शाउदै अरुलाई उछिन्न सकिनेछ । प्रशंसा गर्नेहरु प्रसस्तै हुनेछन् । वैदेशिक कार्यमा सोचेभन्दा बढिनै सफलता मिल्नेछ । आयात निर्यात कार्यमा लाग्नेले प्रसस्तै सफलता हाँसिल गर्नेछन् । पढाइमा सफलता पाउन कसरत गर्नुपर्नेछ । बसाइँसराइ को योग भएपनि परिवर्तन फलदायी हुनेछ । राहुको प्रतिकूल प्रभाव रहने भएकोले काम गर्दा बिचार पु¥याउनु जरुरि छ । पिता सँगको सम्वन्ध कमजोर र स्वास्थ्य स्थिति पनि प्रतिकूल हुनेछ । बैशाखश्रवण तथा पौष महीना ग्रह बलिया छन् यो महीनामा महत्वपूर्ण कामहरु गर्न उचित हुनेछ । दीर्घकालिन सोचाइको काम यसैबेल गर्नुहोला सफलता मार्ग र पौषमा बढि मिल्नेछ । ज्येष्ठआश्विन र माघ महीनामा ग्रह प्रतिकूल हुनेभएकोले अति आवश्यक बाहेकका काम हरु नगर्नु उचित हुनेछ ।।

मीन
यो बर्ष ग्रहहरु कार्तिक सम्म निकै प्रभावशालि रहनेछन् । गुरुको अनुकूलताले मान सम्मान पाउनेशैक्षिक सफलता मिल्नेवैदेशिक कार्यमा लाभ पाउनेविदेशी मुद्रा आर्जन हुनेप्रेममा सफलता पाउने र सन्तान लाभ हुने योग छ । वैवाहिक बन्धनमा बाँधिने प्रवल सम्भावना छ । नोकरीमा पदोन्नति र स्थानान्तरणका साथै आयमुलक स्थान पाउने योग छ । राजनीतिमा बौद्दिक स्थान बलियो हुनेछ । लेखन मार्ग फलदायी हुनेछ । जोस र जाँगर बढ्नेछ । सानै प्रयासले पनि ठूलोकाममा सफलता पाउनुहोला । घरेलु कार्यमा रुचि बढ्नेछ । घर जग्गा तथा सवारी साधन प्राप्ति हुनेछ । सन्तान प्राप्तिको पनि सम्भावना छ । सामाजिक कार्यबाट सम्मानित हुने योग छ । मार्ग पछि अढैया शनि ले प्रवेश गर्ने भएकोले स्वास्थ्य प्रतिकूल हुनगई आर्थिक संकट आउन सक्छ । लेन देनमा विवाद बढ्नेशरीरमा चोटपटक लाग्नेमन अशान्त हुने तथा झुठा आरोप हरु लाग्न सक्ने भएकोले गोपनीयतामा जोड दिनुहोला । दीर्घकालीन प्रभाव पर्ने कार्यहरुलाई अश्विन भित्रै सक्नु उचित हुनेछ । ज्येष्ठभाद्र तथा माघ महीनामा गरेका कार्यहरु फलदायी हुने भएकोले कामहरु त्यति बेलानै जोड दिनुहोला । आषाढकार्तिक तथा फाल्गुन महीना प्रतिकूल रहने भएकोले महत्वपूर्ण काम नगर्नु उचित हुनेछ । गुरुको अनुकूलता बर्ष भर रहने हुँदा संयम भए बर्ष भरिनै सफलता हासिल गर्न सकिनेछ । अरुको विश्वासमा भन्दा आफ्नो प्रयासमा जोड दिनुहोला ।
                                              (स्रोत: ज्यो. ओजराज उपाध्याय लोहनी)
अरू पढनुहोस...

नयाँ बर्ष २०६८ कस्तो रहनेछ?


रामहरी शास्त्री २०६८ सालको बार्षिक राशिफल नयाँ बर्ष २०६८ को प्रारम्भ गुरुवारबाट भएको हुनाले समग्रमा बर्ष शुभ फल प्रदायक हुनेछ। यो बर्षको लागि राजा चन्द्रमा  र मन्त्री बृहस्पति रहने भएकाले उनीहरुको प्रभावले शान्तिको आवाज विश्वभर उठ्नेछ। यद्यपि क्रोधन संवत्सरको प्रभाबले अशान्ति तथा हिंसात्मक कार्यहरु बढ्नेछन्।राजनैतिक रुपले विश्वमा आमूल परिवर्तन हुनेछन्। नेपालको राशी अनुसार यो बर्ष पनि राजनैतिक अस्थिरता कायम रहनेछ। राजनैतिक दलहरुबीच ब्यापक ध्रुविकरण बढ्नेछ।राजनैतिक एवं प्रशासनिक क्षेत्रका विकृति विसंगतिहरु देखिने छन्।  बर्ष प्रारम्भ लग्न विश्लेषण अनुसार पापमूलक तथा दमनकारी नीति लागू हँदै जाने छ। यो बर्षको मध्यतिर आतङ्ककारी आक्रमणहरु हुनसक्छन् यसबाट अमेरीका, फ्रान्स  तथा मध्य पूर्वका देशहरु प्रभावित हुनेछन्।

राजनैतिक रुपले चीन तथा भारतमा सम्याहरु उत्पन्न हुनेछन्।चीन तथा ब्राजिलमा भुकम्प तथा बाढीको समस्या आउनेछ। विश्व बजारमा तेलको आपुर्ति कम हुनेछ जसले तेलको मुल्य अधिकतम विन्दुमा पुग्नेछ। यो बर्ष खाद्य पदार्थको संकट भने हुनेछैन।बेरोजगारीको समस्या बढ्नेछ तर विकासोन्मुख देशहरुले यसलाई सन्तुलित विन्दुमा राख्न सक्षम हुनेछन्। यूरोप तथा अमेरीकी देशहरुमा आप्रवासको दर बढ्नेछ। खाडि क्षेत्रमा कार्यरत एशियालीहरुको  लागि यो बर्ष अझै कठिन बन्नेछ। 
                                                          

अरू पढनुहोस...